उपत्यका छिर्ने नाकामा संक्रमित भेटिए‚ उपत्यका प्रवेशमा थप कडाइ

काठमाडौं, २१ साउन । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ ।

मंगलबारमात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए । नागढुंगा, साँगा र फर्पिङहुँदै हजारौँ नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्ष सहित सरकारले प्रवेशमा कडाई गरेको हो । प्रहरीले आज पैदल हिँडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारवाही गरेको छ ।

उपत्यका बाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । नाकाहरुमा गरीएका १० हजार ८ सय ५३ वटा पीसीआर परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board