मधुकर उपाध्याय–
सच्चाइ र धरातलीय यथार्थबीच कति भिन्नता छ, यसलाई बुझ्नका लागि कालयात्री हुनुपर्दैन । कैयौँ परिस्थितिमा विषयवस्तु हाम्रा अघिल्तिर हुन्छन्, तर हामीले त्यसलाई बुझ्न र स्विकार्न सकिरहेका हुँदैनौँ । जसले अयोध्यामा भगवान् रामको भव्य मन्दिरका लागि भूमिपूजा समारोह हेरे, उनीहरूले के कुरा महसुस गरेका होलान् भने भारत निकै तीव्र गतिमा एउटा खास दिशामा अघि बढिरहेको छ र त्यसलाई मोड्ने सम्भावना तत्कालै देखिँदैन । अयोध्या व्यापक जनसमूहका लागि एउटा आस्थाको केन्द्र हो । रामको जन्मस्थल हो र सामूहिक स्मृतिको चोइटो हो । यसमाथि प्रश्न उठाउनु भनेको आफैँलाई कठघरामा उभ्याउनुसरह हो । अर्थात्, पहाडबाट खस्दै गरेको ढुंगोका अघिल्तिर उभिनुजस्तै दुस्साहस हो ।
अहिलेसम्म जे–जति जोगिएको थियो, भूमिपूजाले त्यसलाई यति गहिरो खाल्टोमा पुरिदियो कि त्यहाँबाट निस्कन झन्डै असम्भव छ । जहाँका मानिस भन्छन्– ‘उनीहरूले नरेन्द्र मोदीलाई सामानको मूल्य घटाउन अथवा रोगसँग लड्नका लागि निर्वाचित गरेको होइन, उहाँले ठूलो काम गर्नुपर्छ र ठूलो काम गर्दै पनि हुनुहुन्छ,’ त्यहाँ रोग, भोक, बेरोजगारी र स्वास्थ्यजस्ता तथाकथित साना प्रश्नले कुनै अर्थ राख्दैन । लकडाउनका बीच सयौँ किलोमिटर पैदलयात्रा गरेर गाउँ जानेहरू भन्छन्– ‘एक्लै मोदीले मात्रै के गर्न सक्छन् र ? केही हामीले पनि योगदान गर्नुपर्ने हुन्छ ।’ भनेपछि उनीहरूले गलत भनेको होइन । प्रधानमन्त्री उनका लागि ‘आस्थाका नयाँ प्रतीक’ हुन्, प्रश्नहरूदेखि धेरै सुदूर । सार्वजनिक बहसमा नरेन्द्र मोदीलाई ‘राष्ट्रपिता’ भन्दा कुनै प्रतिक्रिया जनाइँदैन । ‘हर हर मोदी’ भन्दा आपत्ति जनाउनेहरू कोही पनि छैनन् ।
सबैलाई के थाहा छ भने अयोध्याको भूमिपूजा भारतका लागि सामान्य परिघटना होइन । यसको प्रभाव दूरगामी हुनेछ । यसबाट जोगिन नदीको उल्टो धारमा बग्न खोज्नु राम्रो विकल्प हुँदैहोइन, तर यसभन्दा बाहेक अर्को विकल्प पनि छैन ।
नलाई ‘ईश्वरको अवतार’ भनिन्छ र एउटा त्यस्तो वर्ग पनि छ, जसले उनलाई सोझै ईश्वर मान्छ । यो वास्तविक यथार्थ आँखा बन्द गरेर ओझेल हुन सक्दैन । जतिवेला प्रधानमन्त्री भूमिपूजाका लागि अयोध्यामा थिए, सामाजिक सञ्जालमा एउटा तस्बिर निकै चर्चामा थियो । तस्बिरमा उनी धनुष बोकेका रामको हात समातेर निर्माणोन्मुख मन्दिरतर्फ जाँदै थिए । त्यसमा मोदीलाई रामभन्दा चार गुणा ठूलो देखाइएको थियो । तर, यसको विरोध नहुनुले पनि प्रधानमन्त्रीको विराट छविको व्यापकतालाई स्विकारिएको नै बुझ्न सकिन्छ ।
नरेन्द्र मोदी यतिवेला सत्तामा छन् । उनी विपक्ष पनि हुन् र मध्यस्थता पनि उनैले गर्नुपर्नेछ । आफ्नो छविको मामिलामा उनी आफ्ना समकक्षीमाझ मिलौँ होइन, दशकौँ अगाडि छन् । र, यो दूरी एक–एक दिनसँगै झनै बढ्दै गरेको देखिन्छ । यो पत्ता लगाउने कुनै गणितीय आधार छैन कि यो दूरी कति समयमा मेटिनेछ । अगाडि जानु त कहाँ हो कहाँ, कति समयमा बराबरीमा पुग्ने हो भन्ने पनि थाहा छैन । गणितबाट के मात्रै पत्ता लगाउन सकिन्छ भने यदि एउटा व्यक्तिले एक तसला माटो लिएर एक हजार घनमिटरको खाल्टो पुर्न थाल्यो भने उसलाई कति समय लाग्छ । प्रधानमन्त्रीले अयोध्यामा पटक–पटक ‘जय सिया राम’को उद्घोष गरे । जबकि एकपटक पनि ‘जय श्रीराम’ भनेनन् र मानिसले अतीतलाई सम्झना गर्दै यसलाई सहज रूपमा स्विकारे । उनीहरूलाई यसमा किन आपत्ति हुन्थ्यो र ? सीता उसैगरी उनीहरूको स्मृतिको एउटा चोइटो हो, जसरी राम हुन् ।
भनेपछि यो भगवान् रामको जयजयकारको सम्बोधन कसका लागि थियो ? निश्चित रूपमा प्रधानमन्त्रीले सतही आलोचनाको जवाफ दिइरहेका थिएनन् । उनले विपक्षलाई सम्बोधन गरिरहेका थिएनन्, बरु स्वयं नै विपक्षको भूमिकामा थिए । विपक्षले निकै नै मधुरो स्वरमा जय श्रीरामको उग्र उद्घोषमा एक–दुईचोटि प्रश्न गरेको थियो । तर, त्यसलाई जय सिया राममा मोदीले नै बदलिदिए । भारतीय जनता पार्टीको पालमपुर अधिवेशनपछि उसको र राष्ट्रिय स्वयंसेवक संघको सबै संगठनको नारा ‘जय श्रीराम’ नै थियो । उनले ‘विनय न मानत जलधि जड’ रूपमा देखिएका क्रुद्ध रामको आह्वान गरिरहेका थिए । क्रुद्ध हनुमानको छवि पनि यसै सोचको अंग हो ।
अयोध्यामा मानिसहरूको अभिवादन ‘जय श्रीराम’बाट ‘जय सिया राम’मा कति वेला फेरियो भन्ने नै थाहा पाएनन् । यति मात्रै होइन, टाउकोमा बाँध्ने र घाँटीमा झुन्ड्याउने फेटा पनि कति छिट्टै ‘जय श्रीराम’ अंकित भइसकेका थिए । यसबीच, प्रधानमन्त्रीले ‘जय सिया राम’ को उद्घोष गरेर आफ्नै समर्थक र व्यापक जनसमूहलाई अब देश नयाँ ढंगको समाजतर्फ बढिरहेको संकेत गरे । सायद उनी अबको समाज पुरुषप्रधान हुँदैन भनेर सन्देश दिइरहेका थिए । सायद उनको सन्देशमा के थियो भने अबको नयाँ समाजमा स्त्रीको स्थान बराबरीको हुनेछ, पुरुषभन्दा पहिले हुनेछ । जुन अतुलनीय बलको प्रतीक पुरुषका रूपमा रामको नाम लिने गरिन्छ, त्यसको ठाउँमा अब सौम्य रामको अवतरणतर्फको संकेत थियो होला, यो ।
मोदीले प्रयोग गरेका कैयौँ उदाहरणबाट पनि उनले समाजको प्रत्येक वर्गलाई स्वीकार्य हुने छवि निर्माण गरिरहेका थिए । अनि त्यस्तो विपक्षको के अर्थ, जसले यति ठूलो सामाजिक परिवर्तनलाई पनि आकलन गर्न सकिरहेको छैन । उसले आफ्नो भूमिका पनि नरेन्द्र मोदीलाई नै सुम्पिदियो । अयोध्यामा प्रधानमन्त्रीको उपस्थितिले के स्पष्ट हुन्छ भने उनी अब आफूलाई सत्ताको सानो खेलमा अल्झाइराख्न चाहँदैनन् । आलोचनाबाट उनले आफूलाई धेरै पर पु-याइसकेका छन् । जबकि, अन्य सबै राजनीतिक खेलाडी गाउँ, मौजामै अल्झेका छन् । सबैलाई के थाहा छ भने अयोध्याको भूमिपूजा भारतका लागि सामान्य परिघटना होइन । यसको प्रभाव दूरगामी हुनेछ । यसबाट जोगिन नदीको उल्टो धारमा बग्न खोज्नु राम्रो विकल्प हुँदैहोइन, तर यसभन्दा बाहेक अर्को विकल्प पनि छैन । यस्तोमा पनि विपक्षबाट कुनै आशा गर्न सकिन्न ।
(उपाध्याय भारतका वरिष्ठ पत्रकार हुन्– बिबिसीबाट)
↑
COMMENTS