टिकटक र वीच्याटमाथि ट्रम्पले लगाए प्रतिबन्ध

एजेन्सी – चिनियाँ एप टिकटिक र वीच्याटमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध घोषणा गरेका छन्। शुक्रबार राष्ट्रपति ट्रम्पले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

४५ दिनभित्र टिकटक बन्द गर्ने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटक सञ्चालकहरूविरूद्ध आक्रामक कारबाही गर्नुपर्नेछ’, उल्लेख छ । विदेशीको स्वामित्वमा रहेको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो निर्णय लिएको बीबीसीले उल्लेख गरेको छ ।

तर, अमेरिकाको उक्त निर्णय चीनसँग बढ्दै गएको तिक्तताको परिणाम भएको विश्लेषकहरू बताउँछन् । टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण रोक्न विश्वका विभिन्न मुलुकमा लकडाउन भएपछि टिकटक डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको थियो।

विश्वभर टिकटकमा ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन्। अमेरिकी अधिकारीहरूले टिकटकका माध्यमबाट प्रयोगकर्ताका विवरणहरू चीन सरकारसमक्ष पुग्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board