काठमाडौँ, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाका ९२ जना नयाँ संक्रमित थपिएका छन् ।
शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा ९२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाजागेश्वर गौतमले जानकारी दिए ।
संक्रमितमध्ये काठमाडौँमा ९० जना, ललितपुरमा २ जना रहेको मन्त्रालयले जनाएको छ । आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।
COMMENTS