‘फेसबुकबाट अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या गरें’

काठमाडौं, २७ साउन । कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर अन्तरंग तस्वीरहरु सार्वजनिक गर्न थालेपछि हत्या गरेको बताएकी छिन् । उनले फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको प्रहरीलाई बयान दिएकी हुन् ।

राजधानीको गोंगबूमा शनिबार हत्या गरीएका कृष्णबहादुर बोहराको हतया आफूले गरेको प्रहरी नियन्त्रणमा रहेकी कल्पना शाहीले स्वीकार गरेकी छिन् । अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाका अनुसार दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्या गरेको वयान महिलाले दिएको बताए ।

घटनास्थल गोंगबू गणेशस्थानस्थित कोठामै ल्याएर प्रहरीले लिएको बयानमा कल्पनाले हत्या आफूले नै गरेको स्वीकार गरेकी हुन् । उनले हत्या गरेको स्वीकारी वयान दिएको प्रहरीले जनाएको छ । ती महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो । हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board