केलियन एम्बाप्पे एटलान्टाविरुद्ध खेल्ने

काठमाडौं — फ्रान्सेली स्टार केलियन एम्बाप्पे च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा एटलान्टाविरुद्ध खेल्ने भएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार एम्बाप्पे खुट्टाको चोटबाट निको हुँदै मैदान फर्कने तयारीमा रहेको बताईएको छ ।

प्रशिक्षक थोमस टुचेलले कुनै ठुलो समस्या नभएमा एम्बाप्पे एटलान्टाबिरुद्ध खेल्न सक्ने बताएका छन् । पछिल्लो समय टुचेलले एम्बाप्पेलाई ईटालियन क्लबबिरुद्ध बेन्चमा राखिने बताएका थिए । फ्रान्सेली विश्व विजेता टोलीका सदस्य एम्बाप्पेले जुलाई २४ मा फ्रेन्च कपको फाईनलमा चोट बोकेका थिए । सेन्ट एटियनबिरुद्ध खेल्दा उनको पैतलामा चोट लागेको थियो ।

च्याम्पियन्स लिगको अन्तिम ८ मा मैदान उत्रने पीएसजीको टोलीमा एम्बाप्पे समेत समावेश छन् । कतारी लगानीकर्ताले क्लबको नेतृत्व लिएको दशक बितेपछि पीएसजीले युरोपियन च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गर्न सकेको छैन । नेयमार प्रेरित पीएसजीले प्रि–क्वार्टरफाईनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराउँदै प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board