काठमाडौं, २९ साउन । टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत २ जना चिकित्कलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
२ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
६ जनामा संक्रमण पुष्टि भएपछि अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पीसीआर परीक्षण शुरू गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिए।
COMMENTS