काठमाडौं, २९ साउन । विश्वभर फैलिएको कोरोना भाइरसबाट सात महिनामा संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ ।
कोरोनाको महामारीले बिहीबारसम्म भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६५१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ ।
१ करोड ३६ लाख ८९ हजार ९७६ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १८९ जनाको मृत्यु भएको छ । ३१ लाख ६ हजार ५९ जना संक्रमित भएकोमा १८ लाख ६१ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार २८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७ हजार ९२४ पुगेको छ । त्यसमध्ये ३४ लाख ३६ हजार ६८५ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख १४ हजार १३७ जनाको मृत्यु भएको छ । ५३ लाख १ हजार २४३ जना संक्रमित भएकोमा ४० लाख ३४ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६५ हजार २३६ जनाको मृत्यु भएको छ । ४९ लाख ६८ हजार ४१५ जना संक्रमित भएकोमा ३५ लाख ७० हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २४ हजार ३२२ जनाको ज्यान गएको छ भने १० लाख ७८ हजार ३०१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ७२ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३७८ जनाको मृत्यु भएको छ । २४ हजार १८२ जना संक्रमित भएकोमा १४ हजार १०६ जना संक्रमणमुक्त भएका छन् ।
COMMENTS