काठमाडौं २९ साउन । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । उनलाई बुधबार कोरोना भएको पुष्टि भएसंगै उनको विभागका कार्यरत ५५ जना कर्मचारीको पनि परीक्षण गरिएको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए । संक्रमिले स्वास्थ्यमा समस्या आएपछि आफैले कोरोना परीक्षण गरेका थिए ।
उनले गरेको परीक्षणको रिपोर्ट बुधबार आएको थियो । रिपोर्ट आउने बितिकै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरिएको छ ।
COMMENTS