कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० बढी तरकारी व्यापारीमा कोरोना संक्रमण

काठमाडौं, ३० साउन । काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ  । कामपा १४ का वडाध्यक्ष शोभा सापकोटाले बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण भएकोे जानकारी दिए।

लकडाउन हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना सङ्क्रमण बढेको अनुमान गरिएको छ । वडाध्यक्ष सापकोटाले केही दिनसम्म टोल, बस्ती र बजार नै सिल गरी कोरोना नियन्त्रणको प्रयास अगाडि बढाएको जानकारी दिए ।

कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि काठमाडौं महानगरपालिका १४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही बस्ती सिल गरेको छ । त्यस्तै वडा कार्यालयले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले स्थानीय तहसँगको समन्वयमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य भइरहेको जनाएको छ  । वृत्त प्रमुख रुगम कुँवरले कोरोना सङ्क्रमण देखिएका टोल, बस्ती, पसल सिल गरी कडाइ गरिएको तथा अत्यावश्यकबाहेक अन्य पसल बन्द गरिएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board