सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौं, ७ भदौ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद क्यारेबियन प्रिमियर लिग (सीपीएल)टी–ट्वान्टी क्रिकेटमा जमैकाले लगातार दोस्रो हार बेहोरेको छ ।

शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित बनेको हो । १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो ।

उसका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । सन्दीप लामिछाने ३ बल खेल्दै शुन्य रनमा आउट भए ।

सुरुवातमा ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनाएको थियो ।

सन्दीपले किफायती बलिङ प्रर्दशन गर्दै दुई विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिएका हुन् ।

उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए ।

जमैकाले लगातार दोस्रो खेलमा पनि हार बेहोरेपछि तीन खेलमा मात्र २ अंक बटुल्दै तालिकाको पुछारदेखि दोस्रोमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board