नेपालमा कोरोना विरुद्धको औषधि परीक्षणमा

काठमाडौं, ८ भदौ । कोरोना भाइरसका विरुद्धको खोप नेपालमा २ वटा औषधिको परीक्षण भईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको २ वटा औषधि परीक्षण भइरहेको जानकारी दिएका छन् ।

सरकारले नेपालमा कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षण पनि गर्ने तयारी गरेको प्रवक्ता गौतले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षणका लागि सरकारले तयारी गरिरहेको र आवश्यक प्रक्रियामा लागेको जनाएको छ ।

अहिले नेपालमा रेम्डेसिभिर र कन्ब्यालेसेन्ट प्लाज्माको परीक्षण प्रयोग भइरहेको प्रवक्ता गौतले जनाएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको गाइडलाइन अनुसार स्वतस्फुर्त रुपममा औषधीको परीक्षण तथा अनुसन्धानमा आउन चाहने कम्पनीहरुको लागि यो प्रयोग भइरहेको प्रवक्ता गौतमले जनाए ।

यो पनि पढ्नुहोस्
विश्वको तुलनामा नेपालः कोरोना निको हुने दर १० प्रतिशत कम
कोरोना अपडेटः २४ घण्टामा ८ को मृत्यु, ७ सय ४३ संक्रमित
२४ घण्टामा थपिए उपत्यकामा २२४ संक्रमित

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board