मेस्सीले आफ्नो भविष्यबारे मुख खोले भन्छन्: बार्सिलोना छोड्दैछु

अर्जेन्टिना, १० भदौ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोना क्लब छाड्न चाहेको बताएका छन् ।

आफ्नो खेल जीवनको झण्डै दुई दशक स्पेनिस क्लब बार्सिलोनामा बिताएका मेस्सीले आफ्नो भविष्यबारे मुख खोलेका हुन् । कप्तानसमेत रहेका मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले बार्सिलोना छाड्न चाहेको जानकारी दिए् । उनले यसबारे आफ्नो धारणा फ्याक्समार्फत क्लबलाई पठाएको बताइएको छ । मेस्सीको रिलिज क्लब ७ सय मिलियन यूरो रहेको छ ।

क्याम्प नोउ क्लबमा मेस्सीको सम्झौता अझै एक वर्ष बांकी छ । तर च्याम्पियन्स लिग क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसग ८–२ गोलअन्तरको लज्जाूपद हारपछि मेस्सीले क्लब छाड्ने मनस्थिति बनाएका हुन् । च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक किकेट सेटिएन बर्खास्तगीमा परेका थिए ।

मेस्सीले क्लब छाड्न चाहेको सार्वजनिक भएपछि क्लबको आपत्कालीन बैठक बोलाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मेस्सीले आफ्नो सम्झौता रद्द गर्न क्लबसग आग्रह गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board