काठमाडौं, ११ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १०१७ जनाको मृत्यु भएपछि विहिवार विहानसम्म मृत्यु हुनेको संख्या ६० हजार ६२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
COMMENTS