खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाही माग

काठमाडौँ, ११ भदौ । एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् राखेपले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

राखेप उपाध्यक्ष कोइरालाले पीडित खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग राखेपबाट गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यही भदौ ८ गते राति झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीयवासी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातीय विभेदयुक्त गालीगलोज गर्दै चन्द्रकला र उनका श्रीमान् सुमन खातीमाथि आक्रमण गरेका थिए ।

लामगादेले आठौँ राष्ट्रिय खेलकूूद प्रतियोगितामा दुई स्वर्णपदक जितेका हुन् । उनी नेपाल पुलिस एकेडेमीका खेलाडी छन् । उनको अहिले झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board