एकैदिन कोरोनाबाट २० जनाको मृत्यु भएको पुष्टि

काठमाडौं, १४ भदौ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ । पुन: शनिवार महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको मृत्यु भएको छ ।

काठमाडौं– २१ जैशीदेवल, काठमाडौंकी ५१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।


काठमाडौं–३ बसुन्धरा, काठमाडौंका ८३ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ । बीपी स्मृति सामुदायिक अस्पतालमा उपचारत उनलाई शुक्रबार मात्र बलम्बुमा सारिएको थियो ।


भक्तपुर ६२ वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ ।

शुक्रबार भक्तपुर अस्पतालमा मृत्यु भएका भक्तपुर–३ भक्तपुरका ८२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका मधुमेहका विरामी उनलाई निमोनिया समेत भएको थियो ।

बिहीबार मृत्यु भएका ललितपुर–३२ धापाखेल, ललितपुरका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौला रोगबाट पीडित उनी ११ गते पाटन अस्पताल भर्ना भएका थिए र मृत्यु भएको भोलिपल्ट संक्रमण पुष्टि भएको हो ।


महालक्ष्मी–१, ललितपुरका ६१ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृत्यु भएको छ । मधुमेहका विरामी उनी ७ गते अस्पताल भर्ना भएका थिए र ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौया–६ सिराहाका ८४ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या दिएर ६ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको भोलिपल्ट पुष्टि ।


तानसेन–८ पाल्पाकी ३० वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ ।

पोखरा–१४, कास्कीका ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । भदौ ७ गते पेटको अपरेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

वीरगञ्ज–२६, पर्साका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर अस्पतालमा मृत्यु भएको छ ।


वीरगञ्ज–१२, पर्साका ३९ वर्षीयको काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ । तराई अस्पतालमा उपचाररत उनलाई शुक्रकार वीरगञ्ज हेल्थकेयरमा ल्याइएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि क्रिकिटर केयरका लागि स्वास्थ्यकर्मीसहित काठमाडौं रिफर गरिएको थियो ।

वीरगञ्ज–१२, पर्साकी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ ।

गोरखा नगरपालिका–१३, गोरखाका ३८ वर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा शुक्रबार मृत्यु भएको छ ।

महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे पाटन अस्पतालमा मृत्यु भएको छ ।

पिपरा गाउँपालिका–७, महोत्तरीका ७० बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको प्रादेशिक अस्पताल, जनकपुरधाममा शुक्रबार मृत्यु भएको थियो ।

भंगहा नगरपालिका–१, महोत्तरीका ३५ बर्षीय पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

निजगढ, बाराकी ४७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मिगौृला रोगबाट पीडित उनलाई डायलालसिस गर्न २७ साउनमा अस्पताल ल्याइएको थियो । त्यही क्रममा कोरोना पुष्टि भएपछि उपचार भइरहेको पथियो ।

शनिबार न्यूरो अस्पताल, बिराटनगरमा मृत्यु भएका पथरी शनिश्चरे–२, मोरङका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ भदौमा अस्पताल भर्ना भएका उनको कोरोना परीक्षणका लागि बिहीबार नै स्वाब संकलन गरिएको थियो, तर शनिबार विहान मृत्यु भएका उनको दिउँसो पोजेटिभ रिपोर्ट आएको छ ।

गम्हरिया– ३, रौतहटका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा वीरगञ्जमा मृत्यु भएको छ ।

विनयी त्रिवेणी–६, नवलपुरका ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा शनिबार साँझ मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board