मानवोचित समाज निर्माण गर्न सरकार दृढ छः प्रधानमन्त्री

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताएका छन् । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा खटिएको मानवसेवा आश्रमको आठौँ वार्षिकोत्सव समारोहको भर्चुअल बैठकलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका हरेक नागरिकलाई अवहेलित नभई सम्मानित जिन्दगी जिउन पाउने स्थितिमा पु¥याउन सरकार गम्भीर रहेको स्पष्ट पारे। सरकारले गर्ने काम आश्रमले गरेकामा उनले खुलेर प्रशंसा समेत गरे ।

प्रधानमन्त्री ओलीले सडक बालबालिका र सडकमानवरहित समाज निर्माण गर्ने तथा भीखमाग्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे। “सरकारले गर्ने काम तपाईहहरुले गरिरहनुभएको छ, यसप्रति जति कृतज्ञता प्रकट गरे पनि कम हुन्छ”, समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने , “सरकारले सहयोग गरेको नभई सरकारको भाव नै तपाईँहरुले धानिरहनु भएको छ, उक्त अभियानका लागि क्रमशः सरकारले योगदान बढाउँदै जानेछ ।”

आश्रमले विसं २०८२ सम्म सडकमानवरहित मुलुक बनाउने लक्ष्य लिएको छ । सरकारले भने विसं २०७८ सम्म सडक बालबालिका, सडकमानव र भीख माग्नेरहित देश बनाउने लक्ष्य राखेको प्रधानमन्त्रीले जानकारी गराए । “यो असम्भव कुरा होइन र थिएन तर कोभिड–१९ कसरी जान्छ भन्ने कुराले भर पर्ने अवस्था छ, तर लक्ष्य प्राप्त हुन्छ”, प्रधानमन्त्रीले भने ।

कोभिड–१९ विरुद्ध सबै नेपाली सिपाही

कोेभिड–१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने , “हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरु पालना होस्, यो सरकारले आफ्ना निम्ति जारी गरेको नभई आम जनताको स्वास्थ्यका लागि हो ।”

एक करोड सहयोग घोषणा

उक्त समारोहमा प्रधानमन्त्री ओलीले आश्रमको सेवा कार्य गर्न स्थापना भएको अक्षय कोषमा सरकारका तर्फबाट एक करोड थप्ने घोषणा समेत गरे । आश्रममा अक्षयकोष निर्माणदेखि मासिक प्रतिव्यक्ति तीन हजार दिएर उत्साहित गर्ने काम सरकारले विगतमा पनि गरेको उनले स्मरण गरे । उक्त कोषमा सहयोग पु¥याउन उहाँले विभिन्न संस्था र व्यक्तिलाई अनुरोधसमेत गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board