काठमाडौँ, १७ भदौ । अक्सफोर्डको कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिनको तेश्रो चरणको बृहत परीक्षण बुधबारबाट अमेरिकामा सुरु गरिने भएको छ । सुरुमा विसकन्सिनको मेडिसनमा रहेका स्वयंसेवकहरुलाई भ्याक्सिन दिइने भएको छ ।
आष्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड युनिभर्सिटीसँगको सहकार्यमा बनाएको भ्याक्सिन अमेरिकाका दर्जनौं साइटहरुमा परीक्षण गरिने भएको छ, त्यसमध्ये विसकन्सिन युनिभर्सिटी एउटा हो । मोडेर्ना र फाइजरपछि अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो चरणको परीक्षण आष्ट्राजेनेकाले सुरु गर्न लागेको हो । यद्यपी मोडेर्ना र फाइजर अमेरिकन कम्पनी हुन् भने आष्ट्राजेनेका बेलायती कम्पनी हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको चुनाव अगाडि नै भ्याक्सिन ल्याउनका लागि दवाव दिइरहेको बखत आष्ट्राजेनेकाले तेश्रो चरणको बृहत परीक्षण अमेरिकामा सुरु गर्न लागेको हो । तर यो भ्याक्सिनको प्राथमिकत तथ्यांक नोभेम्बरको अन्तिमसाताभन्दा अगाडि नआउने अपेक्षा गरिएको छ ।
COMMENTS