नेपालको उत्तर र दक्षिणतिरका दुई शक्तिशाली छिमेकी मुलुकबीच बारम्बार सीमानाकामा झड्पका घटनाहरु बढ्दै गएका छन् । यसअघि जुन जुलाईमा भारत र चीनका सैनिकहरुबीच सीमानाकामा झड्प हुँदा २० जना भारतीय सेनाको मृत्यृसमेत भएको थियो । पुनः दोस्रो पटक लद्दाख क्षेत्रको नियन्त्रण रेखामा भारतीय र चिनियाँ सैनिकबीच झड्प भएको खबर सार्वजनिक भएको छ । दुवै देशले विभिन्न च्यानलमार्फत् सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न द्विपक्षीय वार्ता र सम्वाद जारी राखेकै बेला पुनः दोस्रो पटक दुई देशका सेनाबीच यसरी झड्प हुनु क्षेत्रीय शान्ति चाहनेहरुका लागि चिन्ताको विषय बनेको छ । यसअघि सन् १९६२ सीमानाकै विषयलाई लिएर दुई देशबीच युद्ध पनि भएको थियो । यसै सन्दर्भमा रहेर क्षेत्रीय शान्ति र विश्व राजनीतिमा भारत र चीनबीचको यो द्वन्द्वको सेरोफेरोमा रहेर पूर्वराजदूत डा. रामभक्त पिबी ठाकुर र परराष्ट्रविज्ञ डा. निश्चलनाथ पाण्डेसँग अनन्त अनुरागले गरेको कुराकानीको संक्षिप्त अंशः
भारत र चीनबीचको पछिल्लो झड्पलाई कसरी हेर्दै हुनुहुन्छ ? तपाईंको बुझाइमा बारम्बार यस्तो किन भैरहेको छ ?
डा. ठाकुर : भारत र चीनबीच लद्दाखको नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) क्षेत्रमा दुवै देशका सेनाहरुको व्यापक उपस्थिति, सैन्य सामग्रीहरुको संचय र उत्तेजित गर्ने क्रियाकलापहरु देख्दाखेरी एकदम डरलाग्दो अवस्था बन्नगयो । यद्यपि दुई महिनाअगाडि यस्तो अवस्था थिएन, यस्तो अवस्था कसरी बढ्दै गएको हो, अझै पनि रहस्यमय छ ।
नियन्त्रण रेखामा दुवै देश आआफनो ठाँउमा बसेको भए भैहाल्थ्यो नि ! किन बसेनन् त ? जुनप्रकारले नियन्त्रण रेखामा गतिविधि सञ्चालन भैरहेको छ, यसले आजभोलि नै युद्ध होला कि जस्तो अवस्थामा पुग्नु यो क्षेत्र र विश्वका लागि हाम्रो साह्रै नै डरलाग्दो र चिन्ताको विषय हो । दुवै देश वार्ता प्रक्रियाको माध्यमबाट बसेर शान्तिपूर्ण तरिकाले यसको समाधान खोज्नुपर्दछ ।
पूर्वराजदूत डा. रामभक्त पिबी ठाकुर
जुनप्रकारले नियन्त्रण रेखामा गतिविधि सञ्चालन भैरहेको छ, यसले आजभोलि नै युद्ध होला कि जस्तो अवस्थामा पुग्नु यो क्षेत्र र विश्वका लागि हाम्रो साह्रै नै डरलाग्दो र चिन्ताको विषय हो । दुवै देश वार्ता प्रक्रियाको माध्यमबाट बसेर शान्तिपूर्ण तरिकाले यसको समाधान खोज्नुपर्दछ ।
बारम्बार भारत र चीनबीच सीमानामा यस्तो झड्प र उत्तेजना फैलाउने काम किन हुनेगरेको छ ?यसले दिन खोजेको सन्देश के हो ?
डा. पाण्डे : नेपालको परराष्ट्र मामिलामा सबैभन्दा चुनौतीको क्षण भनेकै हाम्रा दुई ठुला छिमेकीहरुबीच तनाव सृजना भएको बखत हाम्रो भूमिका नै हो । दुई शक्तिशाली देश विश्वशक्ति बन्ने बेला र अहिले कोरोनाको महामारीको बेला संयुक्त रुपमा जुध्नुपर्ने बेलामा र स साना देशहरुलाई कसले सबैभन्दा बढी सहयोग दिने विषयमा प्रतिस्पर्धा गर्नुपर्ने बेलामा यी दुवै देश सैनिक भिडन्तमा उत्रिए भने दक्षिण एसियामात्र होइन, पूरै एसियाकै शान्ति र स्थायित्वमा खलबल आउनसक्छ । अहिले सारा विश्वले एसियन सेन्चुरीको कुरा गरिरहेको छ । र, एसियन सेन्चुरी भनेकै स्वाभाविक रुपमा भारत र चीनको आर्थिक र राजनीतिक स्थिरतालाई संकेत गर्दछ ।
यसअघि पनि गत जुनमा गलवान घाँटीमा दुई देशका सैनिकबीच भिडन्त हुनु र अहिले फेरि त्यस्तै अवस्था सृजना हुनु र चीनले व्यापक रुपमा चिनियाँ जनमुक्ति सेना तैनाथ गर्नु, भारत र चीन–दुवै देशका विदेश मन्त्रालयहरुले कडा विज्ञप्ति जारी गर्नु र भारतीय सेनाले कडा रुपमा विज्ञप्ति जारी गर्नुले स्थितिको गम्भीरता झल्काउँछ । चिनियाँ कम्युनिष्ट पार्टी निकट ग्लोबल टाइम्समा एउटा सम्पादकीय पनि छ, जसमा कडा रुपमा युद्धको संकेत गरिएको छ ।
यस अर्थमा यो ज्यादै नै खतरनाक अवस्थामा आइपुगेको छ । १९६२ को चीन र भारतबीचको युद्धमा नेपाल तटस्थ बसेको थियो । त्योबेला युद्धमा भुटानको भूमि प्रयोग भयो तर, नेपालले आफनो भूमि प्रयोग हुनदिएन । त्यसकारण अहिले हाम्रो परराष्ट्र मामिलामा पनि चुनौती उत्पन्न भएको छ ।
परराष्ट्रविज्ञ डा. निश्चलनाथ पाण्डे
१९६२ को चीन र भारतबीचको युद्धमा नेपाल तटस्थ बसेको थियो । त्योबेला युद्धमा भुटानको भूमि प्रयोग भयो तर, नेपालले आफनो भूमि प्रयोग हुनदिएन । त्यसकारण अहिले हाम्रो परराष्ट्र मामिलामा पनि चुनौती उत्पन्न भएको छ ।
यो दुई देशबीच युद्ध नै हुने हो वा प्रोक्सी वार मात्रै हो ? अथवा, निगाह कतै निसाना अन्तै हो कि होइन?
डा. ठाकुर : तपाईले धेरै महत्वपूर्ण कुरा उठाउनुभयो । अहिले दुई देशबीच युद्धको पूर्वतयारीको अवस्थाजस्तो देखिएको छ । वास्तवमा युद्ध हुनसक्छ, सीमानाका यो नहोला तर साउथ चाइना सीमा हुन सक्छ । वा अन्य कुनै ठाँउमा हुन सक्छ । मान्छेको ध्यान एकतिर केन्द्रित गरेर अर्काेतिर आक्रमण गर्ने मिलिटरी रणनीति हुनसक्छ । त्यही भएर अहिले भारत र चीनबीच देखिएको टसल विश्वभरीका विद्वान्हरुले खास चुरो कुरा हो भन्न सकिरहेका छैनन् । तर, जे हामी देखिरहेका छौं, त्यसको विश्लेषणको आधारमा बोल्ने हो ।
अहिले यदि चीनलाई भ्रम छ, १९६२ जस्तै भारतलाई ठिक पारी दिउँला, यता भारत पनि १९६२ जस्तो होइन, भारतका प्रधानमन्त्रीलगायतले बारम्बार भनिरहेका छन् युद्ध भए कडारुपमा प्रतिरक्षा गर्ने, यस्तो अवस्थामा युद्ध भयो भने बराबरीको युद्ध होला । त्यसैले हामीले यस्तो अवस्थामा युद्धबाट यसको समाधान नखोजौं । चीनका मित्रहरुलाई र भारतका मित्रहरुलाई पनि हामी यही भन्छौं युद्धबाट समाधान नखोजौं । युद्धको तरिकाले देखिएको विवादको उपाय नखोज्ने, आखिर किन नियन्त्रण रेखामा लडाई गर्नुपर्ने अवस्था सृजना भयो ।
अहिले दुई देशबीच युद्धको पूर्वतयारीको अवस्थाजस्तो देखिएको छ । वास्तवमा युद्ध हुनसक्छ, सीमानाका यो नहोला तर साउथ चाइना सीमा हुन सक्छ । वा अन्य कुनै ठाँउमा हुन सक्छ । मान्छेको ध्यान एकतिर केन्द्रित गरेर अर्काेतिर आक्रमण गर्ने मिलिटरी रणनीति हुनसक्छ । त्यही भएर अहिले भारत र चीनबीच देखिएको टसल विश्वभरीका विद्वान्हरुले खास चुरो कुरा हो भन्न सकिरहेका छैनन् ।
आ–आफनो क्षेत्रमा बसे त यो विवाद नै हुँदैनथ्यो नि । भारतले नियन्त्रण रेखामा सडक बनाएपछि चीनलाई यसबाट टाउको दुखेको छ । यदि भारत र चीनबीच युद्ध भयो भने, यो केवल क्षेत्रीय रुपमा होइन विश्वयुद्ध नै निम्त्याउन सक्छ । त्यो भएको हुनाले यसमा हामी सर्तक हुनुपर्छ, चीन पनि सर्तक हुनुपर्छ । हाम्रो परराष्ट्र नीतिको हिसाबले दुवै मित्रहरुलाई हामीले शब्द र गोलीको युद्ध नलड्नुस, दुवै पक्षले कूटनीतिक हिसावले समाधान खोज्नुस् भन्न सक्नुपर्छ । यही नै सबैभन्दा राम्रो बाटो होला ।
अहिले विश्वव्यापी रुपमा शक्तिशाली देशको क्रमबद्धतामा तलमाथि हुने संकेत देखा परि रहेको छ । यस अर्थमा चीनले भारतलाई चौतर्फि रुपमा घेराबन्दी गर्ने प्रयास गरेको हो ?
डा. पाण्डे : अमेरिकामा यसै बर्षको नोभेम्बरमा निर्वाचन हुन लागिरहेको छ । ट्रम्प प्रशासन चीनविरोधीजस्तो देखियो । व्यापारका समस्याहरु देखियो, व्यापार युद्ध भयो । अब ट्रम्प सरकार फेरि आउँछ कि आउँदैन, आएन भने जुन डेमोक्र्याटिक सरकार हो त्यसले चीनप्रतिको रवैया कस्तो अपनाउने हो । त्यसले पनि सबै कुरालाई निक्र्यौल गर्दछ । अहिले कस्तो देखियो भने एसियन सेन्चुरीको उल्लेख चीनले आजकल गर्दैन, उसले के देख्यो भने, अमेरिकाको डाउनफल हुँदैंछ, र अहिलेको एसेन्डिंग पावर भनेकै चीन हो ।
त्यो क्यालकुलेसनमा पनि चीन अगाडि बढेको हुनसक्छ । एसियाको पूरा कन्टिनेन्टको कुरा गर्दाखेरी भारत र चीन नै सैनिक, राजनीतिक, आर्थिक महाशक्तिको रुपमा उदीयमान शक्तिहरु हुन् । तर, यी दुवैमा टकराव भयो भने, हामीजस्ता साना मुलुकहरुका लागि कूटनीति सञ्चालनमा झन् ठूलो चुनौती थपिंदैजानेछ । हामीले कूटनैतिक कौशलता देखाउने बेला नै यही हो । र, यसअघि पनि मैले भनें जब हाम्रा छिमेकी दुई राष्ट्र सैनिक टकरावमा अगाडि बढ्दछन्, हामीलाई त्यो बेला नै सबैभन्दा चुनौतीपुर्ण हुने गरेको छ ।
चीन र अमेरिकाबीचको टसल छँदैछ, यसैक्रममा चीनले भारतलाई अमेरिकासँगको सहकार्य नगर भनेर फरक तरिकाले रणनीतिक दवाव दिन खोजेको हो ?
डा. पाण्डे : तपाईले भनेको ठिक हो । अहिले चीनले पनि यस्तै भोग्नु परिरहेको छ । क्वाड भनिन्छ अमेरिका, अष्ट्रेलिया, जापान र भारतको एउटा सामरिक एलायन्स बनेको छ । जसलाई एन्टी चाइनिज एलाइन्स भनिन्छ । चीनले पनि मलाई कतै घेराबन्दीमा त पार्न लागेको होइन ? भन्ने आशंका गरेको छ । भारतले पनि यस्तै आशंका गर्नु स्वाभाविकै हो ।
यस्तो गम्भीर समयमा अब केही समयमा सार्कको बैठक पनि भर्चुअल माध्यमबाट बस्दैछ । यस्तो अवस्थामा चीन र भारतलाई संयुक्त रुपमा कोरोनाको महामारीसँग जुध्न, साना मुलुकहरुलाई सहयोग गर्न दुवै ठुला देश दत्तचित्त हुनुपर्छ, नकि सीमामा युद्धजस्तो अवस्था ल्याएर पूरा एसिया महाद्विपलाई नै संकटतिर धकेल्ने बाटोमा लाग्नुहुन्न । त्यो सन्देश हामीले प्रवाह गर्न सक्नुपर्दछ ।
COMMENTS