चितवन, १८ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति १२स्४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १र१ जना छन् । यसैवीच चितवनमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका ३८ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार बुधबार राति प्राप्त विवरणअनुसार १६ देखि ८० वर्ष उमेर समूहका ३९ जनामा संक्रमण भएको छ । संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न १० वटा वडाका १६ देखि ५९ वर्षसम्मका ८ पुरूष र २३ देखि ८० वर्षसम्मका ११ महिला छन् । यस्तै रत्ननगरका विभिन्न ४ वडाका ६ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालकै चितवनकै खरैनीका १ पुरूष र ३ महिला, कालिकाका ३ पुरूष र २ महिला तथा माडीका १ महिला र १ पुरूषमा संक्रमण पुष्टि भएको छ । एक जना संक्रमित भने सर्लाहीका ५५ वर्षीय पुरूष भएको अस्पतालले जनाएको छ ।
COMMENTS