छोटो विधिबाट रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्ने सहमति

काठमाडौं, १९ भदौ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी भएका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार आज क्षमा पूजा गरिने, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते मूर्ति बुङ्मतीमा पुर्‍याएर मन्दिरमा विराजमान गराउने कार्यक्रम रहेको छ । बैठकमा सङ्घीय सांसद पम्फा भुषाल, प्रदेश राजकाजी महर्जन, कृष्णलाल महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनलगायत अन्य पदाधिकारी, गुठी संस्थानका पदाधिकारीको उपस्थिति थियो ।

यसैगरी, बैठकमा रातो मछिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिको समेत सहभागिता थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने कुरा भएको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board