जाँदाजाँदै अर्थमन्त्रीलाई प्रधानमन्त्रीको धन्यवाद

काठमाडौं, १८ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् । अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनले राजीनामा दिने भएको हो ।

राष्ट्रियसभाको एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको हो । यसै अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको बताए । यसै अनुसार उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको र उनले साँझसम्म राजीनामा दिने बताईएको छ ।

Prime MInister KP Sharma Oli responding to Finance Minsiter Yubaraj Khatiwada during the cabinet meeting being held at PM’s official residence in Baluwatar, Kathmandu, on Thursday, September 4, 2020. Photo: PM”s Secretariat/Rajan Kafle

बैठकमा प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै डा. युवराज खतिवडालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुनेसमेत बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासनसमेत दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board