काठमाडौं, १९ भदौ । उपत्यकामा कोरोना संक्रमितको संख्या दर निरन्तर बढिरहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा ४५४ गरी जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा स्रोत पहिचान नभएका संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयका प्रवक्ता डा गौतमले जनाए ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।
COMMENTS