टी–ट्वान्टीमा अष्ट्रेलिया इंग्ल्यान्डसँग पराजित

काठमाडौँ, २० भदौ । अष्ट्रेलियासँगको तीन खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १–० को अग्रता बनाएको छ । शुक्रबार साउथह्याम्प्टनमा भएको खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जीत निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको हो ।

इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो । एक समय सहज जिततर्फ उन्मुख देखिएको अष्ट्रेलियालाई जितका लागि अन्तिम २ ओभरमा १९ रन आवश्यक रहेको थियो । १५ औं ओभरदेखि १९ औं ओभरसम्म लगातार विकेट गुमाउँदै कुनै बाउन्ड्री प्रहार गर्न नसक्दा अष्ट्रेलिया दबाबमा परेको थियो ।

१९औं ओभरमा क्रिस जोर्डनले एक रन आउटसहित ४ रन मात्र खर्चेपछि अष्ट्रेलियालाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो । अन्तिम ओभरको पहिलो बल डट खाएपनि स्टोइनिसले दोस्रो बल छक्का प्रहार गरे । तेस्रो बलमा डट खाएका स्टोइनिसले चौथो र पाँचौ बलमा २–२ रन जोडे ।

अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा स्टोइनिसले २ रन मात्र जोड्न सके । उनी १८ बलमा २३ रन जोड्दै नटआउट रहे ।

उनले आफ्नो इनिङमा १ छक्का मात्र प्रहार गरे ।इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २–२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे । क्रिस जोर्डनले १९औं ओभर र टम करनले २०औं ओभरमा कसिलो बलिङ गरेपछि इंग्ल्यान्डले जित हात पारेको हो । त्यसअघि अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, पनि अष्ट्रेलियाले खेल जित्न सकेन । दोस्रो खेल आइतबार साउथह्याम्पटनमै हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board