नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, छ जनाको मृत्यु

काठमाडौं, २३ भदौ । नेपालमा बितेको २४ घण्टामा थप ९०२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए ।

आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको सरकारी तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् ।

थप छ जनाको मृत्यु
कोरोना भाईरस संक्रमणका कारण बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सरकारी तथ्यांक अनुसार यो अवधिमा छ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ३०६ जनाको कोरोना भाईरस (कोभिड-१९) संक्रमण सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप ३९६ जनामा संक्रमण, दुई जनाको मृत्यु
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफ्रिङमार्फत काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म यससँगै काठमाडौंमा कोरोना संक्रमित हुनेका कुल संख्या ६ हजार ९१७ पुगेको छ । ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् । त्यस्तै, कोरोना संक्रमणका कारण काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरोना मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board