काठमाडौं, २३ भदौ । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थमा सामान्य समस्या भएपछि सोमबार राति नै उनको स्वाव संकलन गरिएको थियो ।
उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले गरेका छन् । उनीलाई कहाँ बाट संक्रमण भएको हो केही खुलेको छैन ।
डाक्टर कोइरालालाई कोरोना संक्रमण भएको हल्ला सामाजिक सञ्जाल भरि फैलिएको छ । केन्द्रीय सदस्य एनपि साउद लगाएत नेता तथा कार्यकर्ताले स्वास्थ लाभको कामना गरेका छन् ।
COMMENTS