काठमाडौंका अधिकांश घर खाली, घरबेटी मान्छे खोज्दै हिँड्न थाले

काठमाडौं, २३ भदौ । मानिसहरुको अत्यधिक चाप भएपछि काठमाडौमा कोठा पाउन निकै मेहनत गर्नुपर्ने अवस्थासँगै चर्को भाडा असुल्थे घरबेटी । कतिपय घरबेटीको जिविकोपार्जनको मुख्य स्रोत नै घरभाडा बनेको थियो । तर, कोरोनाभाइरसको महामारीसँगै अहिले अवस्था फरक बनेको हो । घरमात्र होइन व्यावसायिक सटरहरुमा पनि अधिंकाश टु लेट लेखेर फोन नम्बर छोडेको देखिन्छ । काठमाडौमा झण्डै ४० प्रतिशत पसल तथा व्यवसाय खाली हुँदै गएको राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

कोरोनाअघिसम्म काठमाडौँमा कतिपयले घर भाडामा लगाएर राम्रो आम्दानी हुने लोभमा धमाधम घर समेत बनाए । तीनै घरबेटी अहिले घर खाली हुँदा अन्य घरमा बस्ने डेरावाललाई कम भाडादरको लोभ देखाएर तानिरहेका छन् । मानौँ अहिले काठमाडौँमा घरबेटीहरुबीच भाडा घटाउने प्रतिस्पर्धा नै चलेको छ, जसरी बैंकहरुबीच ऋणी तानातानको प्रतिस्पर्धा चलिरहेको छ ।

डेरावाल संघका अध्यक्ष बलबहादुर खनालका अनुसार देशभर ६७ प्रतिशत डेरावाला छन् । अहिले काठमाडौंमा रहेका करिब १८ लाख मानिस बाहिरिएका छन् । त्यसमा १० लाख पुनः फर्कने सम्भावना रहेको छ । ‘कोरोना माहामारीपछि अहिले मानिसले जन्मथलो रोज्न थाले, पहिले कर्मथलो रोज्थे । आर्थिक रुपमा कर्मथलोमा अभाव भयो त्यसकारण जन्मथलो रोजे’, उनले भने, राजधानी काठमाडौँ, जहाँ देशका ७७ वटै जिल्लाबाट अनेकन सपना बुनेर मानिसहरु भित्रन्छन् । काठमाडौमा मानिसहरुको चाप बढ्दै गइरहेको यथार्थपनि छर्लंग नै छ । कुनैबेला चर्को भाडा असुल्ने काठमाडौँका अधिकांश घरधनीले महामारीको समयमा समेत घरभाडा छुट दिएनन् ।

सरकारले एक महिलानाको घरभाडा छुट दिन आग्रह गरेपनि अधिकांश घरबेटीले बहानाबाजी गरेर छुट दिएको थिएनन् तर आज कोरोना माहामारी तत्काल अन्त्य हुने नदेखिएपछि हिजो भाडामा प्रतिस्पर्धा गरेर कोठा भाडा बढाउँथे, अहिले घटाउन प्रतिस्पर्धा भएको छ । तर पनि बस्ने मान्छे छैनन् ।’

जडिबुटी नरेफाँटका प्रकाश सुवेदीको तीन तलाको घर अहिले खाली छ । कुनै बेला एउटै कोठालाई साढे ६ हजारसम्म लिने सुवेदीले घर खाली भएपछि दश हजारमा तीनवटा कोठा भाडामा दिने निर्णय गरे । उनले सस्तोमा कोठा भाडामा दिने थाहा पाएपछि उनको घरमा अहिले छिमेकीकै घरमा बस्ने डेरावाला सरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board