काठमाडौं, २३ भदौ । बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा ब्याजदर घटबढ नगर्न नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो । बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउनेरबढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ ।
बैंकहरुले बेस रेट बढेसँगै तत्कालै ब्याजदर बढाईहाल्ने गरेका थिए । ब्याजदर चाडो चाडो बढ्दा किस्ता तिर्नै समस्या परेको भन्दै ऋणीले दुखेको गर्ने गरेका थिए । राष्ट्र बैंकको यो निर्देशनसँगै अब घर तथा गाडी कर्जा लिनेलाई केही राहत हुने भएको छ ।
COMMENTS