साञ्चो अनुबन्धन गर्न युनाइटेडको प्रयास

काठमाडौं, २५ भदौ । म्यान्चेष्टर युनाईटेडले इङ्ल्याण्डका विङ्गर जाडोन साञ्चो अनुबन्धनका लागि पुन प्रक्रिया अघि बढाएको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डका खेलाडी साञ्चोलाई अनुबन्धन गर्न युनाईटेडले पुन कोशिश थालेका हो ।

क्लबले साञ्चो अनुबन्धनका लागि खेलाडीको तलब र एजेन्ट शुल्कमा देखिएका पछिल्ला गतिरोध तोड्न सकिने विश्वास लिएको छ । तर अझैपनि क्लबसंग हुने सम्झौताको बिषय टुङ्गो लागेको छैन । खेलाडी अनुबन्धनका लागि अक्टोबर ५ सम्मको समय बाँकी छ ।इङ्लिस मिडियाका अनुसार डर्टमण्डले खेलाडीलाई राखेको सय मिलियन पाउण्डको रकममा कुनै परिवर्तन नहुने जनाएको छ ।२० बर्षका खेलाडी बेच्नका लागि डर्टमण्डलाई सुझाव समेत आएको छ ।

युनाइटेडले आफ्नो प्रस्ताव अस्विकार भएको अवस्थामा वैकल्पिक रुपमा अघि बढ्ने संकेत गरेको छ । गत हप्तामात्र युनाइटेडले नेदरल्याण्ड्सबाट ३५ मिलियन पाउण्डमा अजाक्सका खेलाडी डोनी भान डी विकलाई अनुबन्धन गरेको थियो ।कोरोना प्रभावका कारण यस बर्ष खेलाडी सरुवामा ठुलो रकम खर्च गर्न युनाइटेड अनिच्छुक देखिएको छ । तर साञ्चोलाई लामो समयदेखि युनाइटेडले अनुबन्धनको प्रयास गरिरहेको छ ।यस बर्षको अन्तिममा वित्तिय रिपोर्ट जारी भएपछि मात्र कोरोना महामारीले युनाइटेडमा परेको आर्थिक प्रभावको बिषयमा स्पष्ट चित्र आउनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board