चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन,२५ भदौ ।भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं ११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो १२:२० मा मृत्यु भएको हो ।

कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको कलेजले जानकारी दिएको छ । योसंगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board