काठमाडौं, २६ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा सुरु भएको छ । बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा छलफल गर्ने तयारी छ ।
दुवै अध्यक्षले बैठकलाई सम्बोधन गर्ने र प्रस्ताव पारित गरेर आजै बैठक सक्ने तयारी भएको एक नेताले बताए । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बैठकको सूरुवातमै आफ्नो सम्वोधन सकेर बाहिरएका छन् । बैठक संचालन अर्का कार्यकारी अध्यक्ष प्रचण्डले गरेका छन् ।
पार्टीभित्र चुलिएको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलको प्रतिवेदनका आधारमा दुवै अध्यक्षले तयार पारेको साझा प्रस्तावमाथि बैठकमा छलफल हुने कार्यक्रम छ । १३ साउनयता स्थायी कमिटी बैठक पटक–पटकक स्थगित हुँदै आएको थियो ।
COMMENTS