कीर्तिपुरका एक घरबेटीले गरे डेरावालको हत्या

काठमाडौँ, २६ भदौ । काठमाडौँका एक घरबेटीले आफ्नै घरमा डेरा गरी बस्ने एक युवकको हत्या गरेका छन् । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका बस्दै आएका ४८ वर्षीय चौधरीको हत्या भएको हो ।

घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर घाइते भएका चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा आफनै घरमा डेरा गरी बस्ने चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महर्जनमाथि थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board