सुनसरीमा कोरोनाबाट कैदीको मृत्यु

सुनसरी, २७ भदौ । सुनसरीको इनरुवा अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका ५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।

मृतक पुरुष विगत एक वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए । उनी कुन कसुरमा पुर्पक्षका लागि कारागारमा थिए भन्ने खुलेको भने छैन । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक पुरुषलाई १० दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि शुक्रबार बिहान इनरुवा अस्पताल लगिएको थियो । मृतक पुरुषमा दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।

इनरुवा अस्पतालले कोरोना संक्रमणको आशंका गर्दै रिफर गरेपछि दिउँसो १२ बजे प्रतिष्ठानको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो । इमर्जेन्सी कक्षमा भर्ना हुनासाथ उनको पीसीआर परीक्षण गरिएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गर्दागर्दै शुक्रबार अपरान्ह साढेचार बजे मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board