काठमाडौं, २७ भदौ । नेपालमा बितेको २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा १० हजार १७६ जनाको परीक्षण गर्दा १२ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
सरकारी तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ८५२ जना डिस्चार्ज भएका छन् । नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१ हजार ९१९ र निको हुनेको सङ्ख्या ३७ हजार ५२४ पुगेको सरकारी तथ्यांकले देखाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ। नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थय मन्त्रालयको तथ्यांक अनुसार अहिले नेपालमा १५ हजार २६० जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६ हजार १५३ घरमै छन् भने बाँकी ९ हजार १०७ संस्थागत आइसोलेशनमा छन्। क्वारन्टीनमा ६ हजार ३५४ जना रहेका छन्। त्यस्तै देशभर भेन्टिलेटरमा २४ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १६० जना रहेका छन् ।
थप १४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ३३६ जनाको (कोभिड १९) का कारण मृत्यु भएको छ ।विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप १२०१ जना सङ्क्रमित र १४ जना मृतक थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
COMMENTS