चीनले नेपाललाई दियो पाँचहजार थान त्रिपाल

काठमाडौं, २७ भदौ  । पाँच वर्ष अघिको भूकम्पका बेला अस्थायी बसोबासका लागि निकै उपयोगी मानिएको सानो घर आकारको पाँच हजार थान त्रिपाल चीनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।
छिमेकी देशलाई कोरोना महामारी र अन्य प्रकृतिक विपत्तिसँग जुद्धन सहयोग गर्ने चिनियाँ प्रतिवद्धता अनुरुप नेपाललाई सो सहयोग उपलब्ध गराएको काठमाडौंस्थित चिनियाँ दूताबासले जनाएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले प्राकृतिक विपदका बेला प्रयोगमा आउने पाँच हजार टेन्ट हस्तान्तरण गरिएको जानकारी गराएकी छिन् । चिनियाँ दुवातवासको फेसवुक पेजमा उनले लेखेकी छिन्, ‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली साथीहरुलाई सफलतापूर्वक हस्तान्तरण गरिसकेका छौं । प्राकृतिक विपद र कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्नका लागि हामीले आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं।’

नेपालमा आइपर्ने हरेक विपत्तिमा चीनले विभिन्न सहयोग गर्दैआएको छ । कोरोना महामारी फैलिएपछि चीनले मेडिकल मास्क, पीपीई लगायत अन्य स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ । चीन सरकार र चीनका विभिन्न सहयोगी संगठनहरुले नेपालमा गत भूकम्पकको बेलामा पनि सहयोग गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board