सिन्धुपाल्चोक, २८ भदौ । शनिबार राति सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नागपुजेमा तीन घर क्षतिग्रस्त छन् भने एक जनाको शव भेटिएको छ । कम्तीमा १७ स्थानीय बेपत्ता रहेको छ । नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । ‘बेपत्ताहरूको खोजी गर्ने प्रयास जारी छ,’ एक स्थानीयको भनाई छ ।
पहिरोले पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । मृतकमध्ये ३ जनाको पहिचान भएको प्रहरीको भनाई छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ, २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको पहिचान भएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिए । थप २२ जना बेपत्ताको खोजी जारी रहेको छ ।
उनीहरुको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् । गएराति भीरखर्कबाट सुरु भएको पहिरोले भीरखर्कका १० घर र नागपुगेमा ८ घर बगाएको छ । १५ जनाभन्दा बढी बेपत्ता छन् । केही दिनअघि सिन्धुपाल्चोककै जुगल गाउ“पालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् । यसैबीच, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ ।
कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको उनले जानकारी दिए । उनले भने, ‘यकिन विवरण अझै आइसकेको छैन ।’
COMMENTS