अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डले बनाए सिरिज बराबरी

काठमाडौं, २९ भदौ । घरेलु टोली इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको छ । इंग्ल्याण्डले २४ रनको जित हात पारेको हो । जितपछि घरेलु टोलीले सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो ओडिआई अष्ट्रेलियाले १९ रनले जितेको थियो । इंग्ल्याण्डले दोस्रो खेल जितेपछि अब तेस्रो तथा अन्तिम खेल निर्णायक बन्नेछ ।

इंग्ल्याण्डले दिएको २३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । कप्तान आरोन फिन्चले अर्थशतक प्रहार गरेपनि टिमलाई जिताउन सकेनन् । फिन्चले सर्वाधिक ७३ रन बनाए । यस्तै मार्नुस लाबुसेचनले ४८, एलेक्स क्यारीले ३६ र प्याट कमिङ्सले ११ रन बनाउनुबाहेक बाँकीले दोहोरो अकंमा रन बनाउन सकेनन् । अष्ट्रेलियालाई अलआउट गर्दै इंग्ल्याण्डलाई जित दिलाउन क्रिस वोक्स जोफ्रा आर्चर र साम कुरानले ३(३ विकेट लिए ।

त्यसअघि म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान इओन मवर्गनले सर्वाधिक ४२, टम कुरानले ३७ र जो रुटले ३६ रन बनाए ।

१४९ रन बनाउदा ८ विकेट गुमाएपछि एदिल रसिद र टम कुरानले नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।टमले ३७ र योगदान गर्दा एदिल रसिदले अविजित ३५ रन जोडे । उनले २६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । अष्ट्रेलियाक लागि एडम जाम्पाले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए । अन्तिम ओडिआई बुधबार हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board