काठमाडौं, २९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ३६० जनाको (कोभिड १९) का कारण मृत्यु भएको छ ।मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ८ जना रहेका छन्। उपत्यकाका जिल्लाहरू काठमाडौंका ६१ वर्षीया १ महिला र ७७, ६२, ७३, ८५, ७० वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै ललितपुरमा ५५ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
साथै मोरङमा ४० र ७० वर्षीय पुरुष र रामेछापमा २३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। गोरखामा ६३ वर्षीया, नवलपरासीमा ६२ वर्षीया, पर्सामा ५५ वर्षीया र कपिलवस्तुमा ४७ वर्षीया महिलाको कोरोनाबाट पछिल्लो २४ घण्टायता मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप ११७० जना सङ्क्रमित र १५ जना मृतक थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
COMMENTS