असोज ५ गतेदेखि हवाई यातायात र लामो दूरीका बससमेत सञ्चालन गर्ने

काठमाडौं, ३० भदौ । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जाानकारी दिइन ।

यही भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेको थियो । गत फागुन महिनामा तत्कालीन अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाको कार्यकाल समाप्त भएपछि राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद रिक्त थियो ।

यसैगरी सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ५ गतेदेखि स्वास्थ्यका मापदण्ड पूरा गरी हवाई यातायात र लामो दूरीका बससमेत सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board