स्वास्थ्य मन्त्रालयले अब लक्षण नभएकाहरुको कोरोना परीक्षण नगर्ने

काठमाडौं, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब लक्षण नभएका कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नगर्ने भएको छ । मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने गरी काम अघि बढाउने र लक्षण नदेखिएकाहरुको पिसिआर परीक्षण नगर्ने नीति लागू गर्ने तयारी गरेको हो ।

अब लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने गरी काम अघि बढाएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीको भनाई छ । अब ट्रेस गरेरमात्र परीक्षण बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा मन्त्रालयले जोड दिने जनाए।

उनले भने, ट्रेस गरेरमात्र परीक्षण बढाएर भएन। क्वारेन्टिनलाई पनि त्यतिकै जोड दिनुपर्छ। एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने बताए । अहिले दैनिक औसत १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तथ्यांकअनुसार हालसम्म साढे आठ लाख बढी मानिसको पिसिआर परीक्षण भएको छ।

सरकारले भर्खरै मात्र पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ। यसअघि ४ हजार ४ सय मा शुल्क तोकिएकोमा अब भने २ हजार रुपैयाँ मात्र लिन पाइने भनिएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board