मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पोखरा,३० भदौ । पोखराको मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ २५ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शंका लागेर स्वाब जाँच जर्दा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गए राती ११ बजेर २० मिनेट जाँदा उनको निधन भएको थियो । भदौ २८ गते उनलाई कोरोना पुष्टि भएको हो ।

पोखरा ९ का ७० वर्षीय ती पुरुष क्यान्सरका पनि दिर्घ रोगी थिए । यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board