सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टरको भूकम्पको धक्का

काठमाडौं, ३१ भदौ । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । के कति क्षति भयो विवरण आउन बाँकि छ ।

भूकम्पको धक्कापछि नागरिक घरबाहिर निस्केका थिए । २०७२ सालको विनाशकारी भूकम्पले पनि सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति गरेको थियो । भूकम्पकै कारण जमिनमा धाँजा फाटेपछि सिन्धुपाल्चोकमा यो वर्षको मनसुनमा बाढी पहिरोले सबैभन्दा धेरै क्षति गरेको छ ।

भूकम्पपछि परकम्प जान छाडेको छैन । यो पनि २०७२ सालकै भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board