देशभर थपिए हालसम्मकै धेरै १५,३९ जना कोरोना संक्रमित

काठमाडौं, ३१ भदौ । नेपालमा बितेको २४ घण्टामा आज एकै दिनमा १ हजार ५ सय ३९ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५८,३२७ पुगेको छ ।देशभर सक्रिय संक्रमितको १६ हजार २४२ संख्या रहेको छ । हाल संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको । बितेको २४ घण्टामा १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, हालसम्म निको हुनेको संख्या ४१ हजार ,७०६ पुगेको सरकारी तथ्यांक छ ।

थप ८ जनाको मृत्यु

बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ३७९ पुगेको सरकारी तथ्यांक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board