बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम मनोनित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार गौतमको मनोनयन भइसकेको जानकारी दिए ।

अब संघीय संसदलाई जानकारी गराउने उनले बताए । बिहीबार ४ बजे गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिने तयारी भएको बताईएको छ । योसँगै बामदेव गौतम वरिष्ठ उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर सरकारमा सहभागी हुने बाटो खुलेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेका हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ।

नेकपाको फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। गौतमको नियुक्तिको औपचारिक जानकारी केहीबेरमा सार्वजनिक गरिने छ । गौतमको शपथ ग्रहण कार्यक्रम आजै ४ बजे हुने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board