उपत्यकामा एकैदिन थपिए अहिले सम्मकै बढी कोरोना संक्रमित

काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ६९८ ललितपुरमा ७९ र भक्तपुरमा ८२ गरी जम्मा ८५९ संक्रमित थपिएका हुन्

२४ घण्टामा उपत्यकासहित देशभर भने २ हजार २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ । यसैबीच आज थप ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३९० पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा बितेको २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board