कोरोना अपडेटः नेपालमा थप १३२५ जना संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, ४ असोज । नेपालमा बितेको २४ घण्टामा १ हजार ३ सय २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारी तथ्यांक अनुसार यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । मन्त्रालय तथ्यांक अनुसार अहिलेसम्म ४११ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

यो अवधिमा १,४४७ जना रोगमुक्त प्रमाणित भएका छन् भने अहिलेसम्म नेपालमा ४६,२३३ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्। गम्भीर लक्षण भएका बिरामीमध्ये १७९ जना सघन उपचारमा र ३५ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ। अहिले देशभरि ७,४५१ जना क्वारन्टीनमा छन्।

उपत्यकामा थप ७६७ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board