स्वास्थ्यमन्त्री ढकाल आजदेखि आइसोलेसनमा

काठमाडौं, ५ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः आइसोलेसनमा बसेका छन् । मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका हुन् ।

मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिएकाले आजदेखि आइसोलेसनमा बसेको प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले बताए । कोरोनाको महामारीका बीचमा सक्रिय रहेका मन्त्री ढकालका परिवारका सदस्यहरुमा भने यसअघि पनि कोरोना संक्रमण देखिएको थियो ।

नियमित भेटघाट बन्द रहेपनि आइसोलेसनबाट नै भर्चुअल संवाद र फोनमार्फत स्वास्थ्य सेवाका विषयमा मन्त्री ढकालले आवश्यक निर्देशन दिईरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board