धरानमा कोरोना संक्रमित थप दुई जना महिलाको मृत्यु

धरान, ५ असोज । धरानमा कोरोना भाईरस (कोभिड १९) बाट थप दुई जना महिलाको मृत्यु भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा कोरोना संक्रमित ७२ र ४९ वर्षीया महिलाको मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग भएको जानकारी नभएको अस्पतालले जनाएको छ ।


यसैगरी, सुनसरीको इनरुवाकी ४९ वर्षीय महिलाको पनि सोमबार दिउँसो मृत्यु भएको छ ।
मिगौलाको समस्या भइ डायलाइसीस गराइरहेकी उनमा असोज १ गते कोरोना पुष्टि भएको थियो । हालसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा ३० जनाको मृत्यु भइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board