कोरोना अपडेटः २४ घण्टामा १ हजार १५४ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं, ५ असोज । नेपालमा बितेको २४ घण्टामा थप १ हजार १५४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ ।

त्यस्तै, अहिले देशभरि १७,६११ जनामा सक्रिय सङ्क्रमण रहेका छन् । तीमध्ये ८,९२१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् । विगत २४ घण्टामा ९,५३३ वटा नमुनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा १,००५ जना रोगमुक्त प्रमाणित भएका छन् ।

थप १६ जनाको मृत्यु
बितेको २४ घण्टामा नेपालमा कोरोना भाईरस संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । सरकारी तथ्यांक अनुसार अहिलेसम्म ४२७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

हालसम्म नेपालमा ४७,२३८ जना अर्थात् ७२ प्रतिशत संक्रमित निको भइसकेको सरकारी तथ्यांकले देखाउँछ । अहिले देशभरि ७,४०३ जना क्वारन्टीनमा छन्।

उपत्यकामा थप ६ सय ७४ जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । यो अवधिमा ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा आज ज्यान गुमाउनेमा तीनवटै जिल्लाका दुई दुई जना रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ५ सय ३८ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जनासहित पछिल्लो २४ घन्टामा ६ सय ७४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board