राजकीय सम्मानका साथ अङरिता शेर्पाको अन्तेष्टि गरिने

काठमाडौँ, ६ असो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गर्ने निर्णय गरेको छ ।

बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनलाई हिम चितुवा उपनामले पनि चिनिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board